samsung-galaxy-ace-3२७ जेठ, एजेन्सी । मोबाइल निर्माणमा सबैभन्दा अगाडि बढेको कम्पनी सामसुङले नयाँ मोबाइल बजारमा ल्याएको छ । सामसुङले ग्यालेक्सी एस ३ नामको इन्ड्रोइड ४२ सार्वजनिक गरेको हो । 

मोबाइलको आकार र रुपरंगका तस्विरहरू त पहिले नै बाहिर आइसकेको थियो तर कम्पनीले औपचारिक रूपमा सार्वजनिक गरेको हो । उक्त मोबाइल फोनमा १ गेगाहर्जको डुअल कोर प्रोसेसरको प्रयोग गरिएको छ भने यसमा १ जिबीको र्याम रहेको छ । 

यो मोबाइल एन्ड्रोइड जेलिबिन ४.२ मा चल्छ । यसको स्क्रिन ४ इन्चको रहेको र ४८०*४८० को रिजोलुसन रहेको छ । यसमा ५ मेगापिक्सेलको क्यामरा छ भने फ्रन्टमा पनि ०.३ मेगापिक्सेलको क्यामरा रहेको छ । 

सामसुङ कम्पनीले दिएको जानकारी अनुसार यो मोबाइलमा दुई सिम लाग्ने छ । यसमा ४ जिबिको इन्टरनल मेमोरी रहेको छ भने यसमा ६४ गिबि सम्मको मेमोरी राख्न सकिन्छ । यस मोबाइलमा विभिन्न सुविधाहरू अर्थात् हामीलाई आवश्यक पर्ने विभिन्न एप्लिकेशनहरू पहिले रहेको हुन्छ । यो मोबाइल करिब १ सय १५ ग्रामको र ब्याट्री १५५ एमएएचको रहेको छ ।