Sanjay-dutt-leaves-home-to-surrender४२ महिनाको लागी जेल गएका बलिउड नायक सञ्जय दत्त पहिलो रातमै निस्सासिएका छन्। उनले आफूलाई हाल राखिएको ठाँउमा श्वास फेर्न गाह्रो भएको बताएको उनका वकिलले जनाएका छन्।
५३ वर्षिय स्टार दत्तलाई हिजो मात्रै मुम्बइको आर्थर रोड जेलमा राखिएको छ।
सञ्जय दत्तलाई जेल भित्रको अण्डा सेलमा राखएको छ,जसमा यस अघि खुंखार आतंकवादीलाई राखिने गरिएको थियो । उक्त सेल यसअघि अफजल कसावलाई राखिएको थियो।

दत्ताका वकिल रिजवान मर्चेन्टले अदालतलाई सञ्जय दत्तलाई जेलको अन्य ठाँउमा सारिदिन मौखिक आग्रह गरेका छन। वकिल मर्चेन्टले दत्त रहेको सेलमा अपर्याप्त हावा रहेको र उज्यालो पनि नभएकोले उनलाई श्वासै फेर्न गाह्रो भऐको बताएका छन्।

तर विशेष न्यायाधिस जिए सनपले भने यस सम्वन्धमा सञ्जय दत्तको तर्फबाट लिखित आग्रह भए विचार गरिने बताएका छन् ।
सञ्जय सन १९९३ मा मुम्बईमा भएको बम विष्फोट सम्वन्धित हतियार राखेको आरोपमा जेल परेका हुन्।