१९ माघ, एजेन्सी । साउदी अरेबीयामा एक व्यक्तिलाई सरकारी निर्णयको विरोध गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको छ । साउदी अरेबियाको राजधानी रियादको एक अदालतले ती व्यक्तिलाई १५ वर्षको जेल सजायका साथै ७० पटक कोर्रा हान्ने आदेशश समेत दिएको छ ।

 

अदालतले ती व्यक्तिलाई साउदी सरकारले बहराइन पठाएका आफ्ना सेनालाई फिर्ता बोलाउनुपर्ने माग गर्दै उक्त कार्यको विरोध गरेका थिए । उनले बहराइनबाट सैनिक फिर्ता गर्नुपर्ने माग गरेकै आधारमा उनलाई उक्त सजाय दिइएको बताइएको छ । साउदी अरेबियाको अदालतले विरोध गर्नेलाई समेत निकै लामो समयको सजाय दिने गरेको छ ।

 

सजाय पाउने ती व्यक्तिको नाम र वर्ष भने खुलाइएको छैन् । साउदी अरेबियाले सन् २०११ मा बहराइनमा सेना पठाएको थियो ।