khilraj२९ वैशाख,काठमाडौ। निर्वाचनको मिति घोषणा गर्नुअघि अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले मुलुकको शान्ति सुरक्षाको अबस्थावारे सुरक्षा निकायका प्रमुखसंग परामर्श शुरु गरेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा नेपाली सेनाका प्रधानसेनापति गौरव शमशेर राणा, नेपाल प्रहरीका पमुख कुवेरसिंह राना, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त र राष्टिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए ।

सुरक्षा प्रमुखसंग रेग्मीले मुलुकको सुरक्षा स्थितीवारे जानकारी मागेका थिए । जवाफमा सुरक्षा निकायका प्रमुखहरुले नेकपा माओवादी लगायतका दललाइ विश्वासमा नलिइ मंसीरमा चुनावगर्न नसकिने बताएका थिए ।

सुरक्षा विेशष स्रोतले नेपाली हेडलाइन्सलाइ दिएको जानकारी अनुसार नेकपा माओवादीलाइ विश्वासमा नलिइ चुनावगर्न नसकिने बारे सुरक्षा निकायका सबै प्रमुखको समान धारणा थियो ।

अध्यक्ष रेग्मीले सरकार मंसीरको तयारीमा जुटेको भन्दै चुनावी रणनीति बनाएर सुरक्षा व्यबस्था प्रभावकारी बनाउन निर्देशन दिएका थिए । सुरक्षा निकायका प्रमुखको ब्रिफीङ सुनेपछि रेग्मी हतास मुद्रामा देखिएका थिए ।