sherlyn-chopraआफ्ना विभिन्न हर्तकका कारण सधै चर्चामा रहने मोडेल तथा नायीका शर्लिन चोपडा फेरी एकटपक चर्चामा आएकी छिन् । केही दिनअघि एक पत्रिकालाई दिएको अन्तरवार्ताका क्रममा विवाह अगाडि सेक्स अनिवार्य भएको बताएपछी उनको चर्चा बलिउडमा फेरी चुलिएको हो ।

आफ्नो बोल्ड अभिव्यक्ति र कामुक तस्विरहरूका कारण बारम्बार चर्चामा आइरहने शर्लिनलाई विवाह अगाडि सेक्स आवश्यक छ की छैन् भन्ने प्रश्नमा उनले यो अनिवार्य नै भएको बताएकी थिइन् । उनले प्रेममा कुनै घेरा नहुने भन्दै सेक्सले प्रेमलाई अझ गाढा बनाउने बताउँछिन् । उनले आफ्नो हुने वाला जीवनसाथी म को हुँ र म के गर्छु भन्ने कुरा बुझ्ने खालको हुनुपर्ने बताएकी छिन् ।

अन्तरवार्ताका क्रममा यदी तपाईलाई साथीले धोका दियो भने माफी दिनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले दिन्छु, उसले अर्को पटक पनि मौका पाउनुपर्छ भन्ने धारणा व्यक्त गरेकी थिइन् ।