mars१७ फागुन, एजेन्सी । वैज्ञानिकहरू तथा अन्तरिक्ष विज्ञहरुले आगामी सन् २०१८ सम्ममा मंगल ग्रहमा विबाहित जोडीलाई पठाउने घोषणा गरेका छन् ।
उनीहरुका अनुसार ती विबाहित जोडीले मंगल ग्रहमा ओर्लिन भने पाउने छैनन्, मंगल ग्रह घुमेर मात्र फर्कनु पर्नेछ । यो कार्यका लागी विज्ञहरूलाई पहिलो अन्तरिक्ष यात्री डेनिस टिटोले सल्लाह दिएका थिए । पहिलो अन्तरिक्ष यात्रीका रूपमा डेनिस टिटो सन् २००१ मा अन्तरिक्षमा घुमेर फर्केका थीए । उनै टिटोको संस्था इन्पाइरेशन मार्स फाउन्डेसनले गरेको पत्रकार सम्मेलनमार्फत उक् जानकारी दिइएको हो ।
यस मिसनका लागी नासा भने संलग्न नहुने बताइएको छ ।