Kim-Jong-un१४ भदौ,एजेन्सी। अमेरिकाले शुक्रवार एक विशेष दुत उत्तर कोरिया पठाउँदै छ।
अमेरिकाले एक अमेरिकी नागरिकलाई छुटाउन विशेष दुत पठाउन लागेको हो।
अमेरिकी नागरिक केनेथ बे गंभिर अपराध गरेको आरोपमा उत्तर कोरियाली बन्दीगृहमा छन्

उनलाई कोरियाली शासक किम जोङ उन विरुद्द अपराध गरेको आरोपमा गत वर्ष १५ जेल सजाय सुनाइएको थियो।
बे क्रिश्चियन धर्म प्रचारको लागी त्यहाँ पुगेको बताइन्छ।उत्तर कोरियाली अधिकारीहरुले बेले धार्मिक गतिबिधीबाट हालको शासन व्यवस्था पल्टाउन खोजेको आरोप लगाएका छन्।
तर अमेरिकी नागरिक बेका परिवारले भने उनि एक टुर कम्पनीको मालिक मात्र भएको र कामकै लागी उत्तर कोरिया पुगेको दाबी गरेका छन्
एक वर्ष यता मात्रै बे निकै गंभिर विरामी भएको र जेलबाटै अस्पताल लगिएको बताइन्छ।

राष्ट्रपति बाराक ओबामाक विशेष दुतको रुपमा रोबर्ट किंग शुक्रवार प्योंगयोगं जान लागेका हुन्।
उनि एक अमेरिकी सैनिक जहाजबाट एक अन्य केहि सदस्य सहित प्योगंयोगं पुग्ने अमेरिकी अधिकारीहरुले जनाएका छन ।
त्यहाँ उनले उत्तर कोरियाली अधिकारीहरुसंग विशेष दुतले आफ्ना नागरिक केनेथ बेलाइ छुटाउन आग्रह गर्ने छन्।

विशेष दुत किंगले मानवियताको आधारमा आफ्ना नागरिक छोड्न आग्रह गर्ने तय भए पनि उत्तर कोरियालको जवाफको भने अनुमान गर्ने गाह्रो छ।