२७ असार, काठमाडौ । केही दिनअघि सम्पन्न विमवल्डन टेनिस प्रतियोगिताको फाइनल खेल हेर्नका लागि टिकट लिन लाइन बसेकी एक युवतीको बलात्कार भएको छ । आफू टिकट किन्न लाइन बस्दा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी गरेपछी यो घटनाको खुलासा भएको हो ।

विमवल्डनको फाइनल खेल हे्र्नका लागि टिकट पाइने आशामा खेल मैदान बाहिर पाल टाँगेर बस्ने क्रममा आफू बलात्कृत भएको ३४ वर्षीय युवतीले बताएकी छिन् । गत शनिबार भएको उक्त घटनाबारे आइतबार ती युवतीले ९९९ मा फोन गरेर आफू बलात्कृत भएको बताएकी थिइन् । ती युवतीले आफूलाई ती युवकले दुईजना मिलेर टेन्ट टाग्न खोज्दा बलात्कार गरेको आरोप लगाएकी छिन् ।

उनले यसरी बलात्कृत भएको प्रहरीमा उजुरी गरेपछी प्रहरीले एक ३० वर्षीय युवकलाई पक्राउ गरी सोधपुछ गरेर छाडेको छ । यस्तै प्रहरीले ती युवती रहेको टेन्ट र अर्को एउटा टेन्ट पनि कब्जा गरेर परिक्षणको कार्य गरिरहेको छ ।

प्रहरीका अनुसार विमवल्डनका क्रममा यसरी टेन्ट राखेर टिकट पाउने आशा गर्नु परम्परा जस्तै भइसकेको छ । धेरै मानिसहरू टिकट पाउने आशामा रातभर जसो नै टेन्ट टाँगेर विमवल्डन खेल हुने मैदान बाहिर सुत्ने गर्छन् ।

tent in wimbledon