दुबईमा निर्माण भएको सबैभन्दा अग्लो घुमेको घरको उद्घाटन गरिएको छ । करिब १५ सय ७८ करोड दिराममा निर्माण भएको उक्त घुमेको घर ३ सय १० मिटर अग्लो छ भने यसमा ७५ वटा तला रहेका छन् ।

उक्त भवन तलदेखी माथिसम्म पुग्दा ९० डिग्रीमा घूमेको छ । उक्त भवन दुबईको मरिना क्षेत्रमा रहेको छ । उक्त भवन निर्माताका अनुसार यो भवनमा रहेका करिब ८० प्रतिशत कोठा तथा फ्ल्याट पहिले नै बुकिङ भइसकेको छ ।

यो भवनको निर्माण सन् २००६ मा सुरू गरिएको थियो । तर केही प्राविधीक त्रुटीका कारण उक्त भवनको निर्माण कार्य रोकिएको थियो र पछी अर्थात् सन् २००९ मा भने आर्थीक अभावका कारण उक्त भवनको निर्माण कार्य रोकिएको थियो ।

यो भवनको निर्माण विश्वको सबैभन्दा अग्लो बुर्ज कालिफा निर्माण गरेको कम्पनीले गरेको हो । यो बुर्ज कालिफा पनि दुबईमा नै रहेको छ । उक्त भवनको उचाई ८ सय २८ मिटर रहेको छ भने भवनमा १ सय ६० तला रहेका छन् ।

हेरौ घुमेको घरका केही तस्विरहरू…

world-s-tallest-twisted-tower world-s-tallest-twisted-tower world-s-tallest-twisted-tower world-s-tallest-twisted-tower