केही महिना देखि सबैको प्रतिक्षामा रहेका आईफोन ६ एस र आईफोन ६ एस प्लस सान फ्रान्सिस्कोमा सार्वजनिक गरिएको छ ।

के के छ विशेषता नयाँ आईफोन ६ एस र आइफोन ६ एस प्लसमा?

विशेषताः

आईफोन ६ एस

आइफोन ६ एस प्लस

४.७ इन्च स्क्रिन ५.५ इन्च स्क्रिन
७५० X १३३४ पिक्सल १०८० X १९२० पिक्सल
एप्पल A9 प्रोसेसर एप्पल A9 प्रोसेसर
१२ र ५ मेगापिक्सल क्यामेरा १२ र ५ मेगापिक्सल क्यामेरा
१६ जीबी, ६४ जीबी, १२८ जीबी मेमोरी १६ जीबी, ६४ जीबी, १२८ जीबी मेमोरी

डिस्प्लेः

iphone 6s and 6s plus (4)आइफोन ६ एस र ६ एस प्लस दुवै मोबाइलमा फोर्स टच (३ डि टच)को सुविधा छ। प्रयोगकर्ताले स्क्रिनमा कति बलले छोएको छ सोही अनुसार अप्सन आउँछ। अर्थात बिस्तारै टच गरेको र अलि मज्जाले टच गरेको अनुसार फरक फरक काम हुन्छ। अहिलेसम्म कुनै पनि स्मार्टफोनमा यस्तो फोर्स टचको सुविधा थिएन।

के हो फोर्स टच ?
एप्पलले पहिलो पटक आफ्नो म्याकबुकमा फोर्स टच प्रयोग गरेको थियो। अनि एप्पल वाच मा पनि यो फिचर प्रयोग भयो। त्यस पश्चात एप्पलले आफ्नो आईफोन ६ एस र आईफोन ६ एस प्लसमा यो फिचर प्रयोग गरेको छ।

यो प्रविधिमा ‘हेप्टीक फिडब्याक’ हुन्छ। अर्थात टच गरेपछि केही थिच्न मिल्ने वस्तुमा थिचै झै अनुभव प्रयोगकर्तालाई यसले गराउँछ। स्क्रिनको तल फोर्स सेन्सर राखिएको हुन्छ जसले कति बलले स्क्रिनमा टच गरेको छ पत्ता लगाउँछ। साथै स्क्रिन छोएपछि सेटमा राखिने भाइब्रेटरहरु चल्छन अनि तीनै भाइब्रेटर चल्दा थिचेको जस्तो आवाज र महसुस हुन्छ।

प्रोसेसर अनि र्याम

iphone 6s and 6s plus (6)

दुवै नयाँ आईफोनमा एप्पलले आफ्नो नयाँ A9 3rd जेनेरेशन ६४-बीट चिप प्रयोग गरेको छ। यो A8 प्रोसेसरको तुलनामा ७० प्रतिशत छिटो गतिको छ। साथै ९० प्रतिशत बढी ग्राफिक्स पनि। यो प्रोसेसर कति गिगाहर्जको हो त्यो भने खुलाएको छैन।

त्यस्तै दुवै मोबाइलमा कति जीबीको र्याम प्रयोग भएको पनि सार्वजनिक गरिएन। दुवैमा पहिले झै १ जीबीकै र्याम प्रयोग भएको हो की भनी अनुमान भने लगाइदैछ।

क्यामेरा र रेकर्डिङ

iphone 6s and 6s plus (7)

एप्पलले पुरानो आईफोन ६ र ६ प्लस भन्दा नयाँ आईफोन ६ एस र ६ एस प्लसमा शक्तिशाली क्यामेरा प्रयोग गरेको छ। दुवै सेटमा १२ मेगापिक्सलको रियर क्यामेरा प्रयोग गरिएको छ। हुन LED फ्याल्सको साथमा आउनेछ। एप्पलको अनुसार एसमा अटोफोकस र कलर एक्युरेसी जस्ता फिचरहरु पनि छन्। साथै कुनै पनि फोटो धमिलो नबनाइ खिच्न सक्छ।

दुवै मोबाइलमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा प्रयोग भएको छ। यसको लागि कम्पनीले खास प्रविधिको प्रयोग गरेको छ, जसले कम प्रकाशमा पनि  राम्रो तस्बिर खिच्न सक्छ। एप्पलको अनुसार पुरानो आईफोन भन्दा नयाँ आइफोनले खिच्ने तस्बिरको क्वालिटी ५० प्रतिशत बढी छ।

आईओएस ९ अपरेटिङ सिस्टम

iphone 6s and 6s plus (1)

एप्पलले दुवै सेटमा आफ्नो नयाँ अपरेटिंङ सिस्टम आईओएस ९ प्रयोग गरेको छ। अपरेटिंङ सिस्टम कुनै पनि मोबाइल वा कम्प्युटरको मुख्य सफ्टवेयर हो, यो बिना कुनै पनि अन्य सफ्टवेयर चल्न सक्दैन।

मेमोरीः

iphone 6s and 6s plus (8)

कम्पनीले आईफोन ६ एस र ६ एस प्लस दुवैका फरक फरक मेमोरी भएका सेटहरु सार्वजनिक गरेको छ। जसमा १६ जीबी वा ६४ जीबी वा १२८ जीबी मध्ये आफुलाई आवश्यक पर्ने सेट किन्न सकिनेछ।

मेमोरी बढाउने कुनै सुविधा नभएको हुँदा किन्दा नै विचार पुर्याउनु पर्छ। तर क्लाउड स्टोरेज प्रयोग गरेर चाहिएको थप मेमोरी भने प्रयोग गर्न सकिन्छ। क्लाउड स्टोरेजको लागि भने पैसा तिर्नुको साथै राम्रो इन्टरनेटको सुविधा पनि चाहिन्छ।

मुल्यः

iphone 6s and 6s plus (9)सार्वजनिक गरेको बखत यसको मुल्य अमेरिकामा यस्तो छ, जुन नेपाल आईपुग्दा भने केही थोरै तलमाथी हुन सक्छ।

आईफोन ६ एस

आइफोन ६ एस प्लस

१६ जीबी – १९९ डलर १६ जीबी २९९ डलर
६४ जीबी – २९९ डलर ६४ जीबी ३९९ डलर
१२८ जीबी – ३९९ डलर १२८ जीबी ४९९ डलर

दुवे मोबाइल ४ जी (LTE) कनेक्टीभिटी को साथमा आउनेछ। यसमा ब्लुतुथ v4.0, A2DP, LE A-GPS, GLONASS, NFC, USB v2.0 पनि हुने मानिएको छ।

उपलब्धताः

iphone 6s and 6s plus (8)एप्पलको आईफोन ६ एस र ६ एस प्लस सबैभन्दा पहिले अमेरिका, युके, अष्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हंगकङ। जापान, न्युजील्याण्ड, सिङ्गापुर मा उपलब्ध हुनेछ। तर सन् २०१५ को अन्त्यसम्म विश्वका १३० देशमा आईफोन उपलब्ध हुने बताइन्छ।