२१ मंसिर, एजेन्सी।

भारतकी एक चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मूख्यमन्त्री जय ललिताको उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा तामिलनाडु मात्र होइन बलिउड पनि शोकाकुल भएको छ । अभिनेत्री समेत रहेकी जय ललितालाई कतिपयले आफ्नै आमा मान्थे ।

नेपाल घुम्न आउँदा भूकम्पमा परेका पोर्चुगिस युवाको प्रेरक काहानी

हृदयघात भएपछि चेन्नाईस्थित अस्पतालमा उपचार गरिरहेकी उनको मृत्यु सोमबार मध्यरातमा घोषणा गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनपछि शान्ति सुरक्षा कायम राख्न तमिलनाडुमा थप प्रहरी परिचालन गरिएको छ ।

jaya-lalita1

जय ललिताका कट्टर समर्रथहरू उनलाई आमा मान्थे र उनीहरुले त्यहाँ अशान्ति मच्चाउन सक्ने चिन्ता अधिकारीहरुको छ। सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन्।

जयललिताको जीवन

मानिसको जीवनमा हुने उतार चढाव अनुमान गर्न पनि कठिन छ । यस्तै उतार चढावको नमूना बनेकी थिइन् जयलिलता ।

jay lalita life 1

सुन्दरी अभिनेत्री देखि मुख्यमन्त्री र जेल सम्म र पुनः मुख्यमन्त्री हुँदै मृत्यु सम्म जयललिताको यात्रा रोमाञ्चक छ । दक्षिणको चलचित्रमा काम गरेकी उनको जीवन पनि दक्षिणकै चलचित्र जत्तिकै रोचक रहेको विश्लेषकहरु बताउँछन् ।

‘नरेन्द्र मोदीलाई जयललिताको प्रेमपत्र’ ले हंगामा

अभिनयको जादुबाट रिटायर्ड भएर अभियानको दुनियाँमा प्रवेश गरेकी जयललिताको जीवनमा आएका उतार चढाव साँच्चिकै धेरैका लागि पाठ बन्न सक्छन् ।

jaya-lalita2

१५ वर्ष वर्षको उमेरमा फिल्मी करिअर शुरु गरेक थिइन् । सुप्रसिद्ध तमिल अभिनेत्री बन्न सफल भएकी उनको महत्वाकाँक्षा अभिनयमै रोकिएन । पढाइमा पनि निक्कै अव्वल रहेकी जयललिताको राजनीतिमा पनि रुची थियो ।

jay lalita life 1

उनको राजनीतिकमा रुची हुनेको कारण थिए चर्चित तमिल अभिनेता एवं राजनीतिज्ञ एमजीआर ।

जव एमजीआरले एम करुणानिधिको पार्टी द्रमुक फुटेपछि अन्नाद्रमुक गठन गरे । सोही पार्टीमा १९८३ मा जयललिता पार्टी महासचिव बनिन् । उनलाई एमजीआरले राज्यसभामा मनोनयन गरे ।

jay lalita life 1

जयललिता र एमजीआरबीच केही मदभेद चलेपनि उने १९८४ मा पार्टीको चुनावी अभियानको नेतृत्व गरिन् । सन् १९८७ मा एमजीआरको निधन भयो र जयललिताले पार्टी राजनीतिमा नेतृत्व लिन अग्रसर भइन् ।

बलिउड सेलिब्रेटीका छोराछोरी जो आफै पनि सेलिब्रेटी छन् (फोटो फिचर)

एमजीआरको अन्तिम संस्कारको क्रममा एमजीआरकी पत्नी तथा पार्टी कार्यकर्ताले जयललितामाथि दुर्व्यवहार समेत गरे र पार्टीमा विग्रहको संकेत देखियो ।

jaya-lalita3

तर जनतामाझ लोकप्रिय बन्दै गएकी सुन्दरी जयललिता पहिलो पटक १९९१ मा तमिलनाणुको मुख्यमन्त्री बनिन् । तर सन् १९९६ मा चुनाव हुँदा जयललिता हारिन् तर राजनीतिक यात्रमा भने डटिरहिन् ।

मुख्यमन्त्री पदमा रहेर अकुत सम्पति कमाएको ठहर गर्दै जयललितामाथि १९९६ मा मुद्धा परेको थियो । जयललितामाथि सन् १९९१ र १९९६ मा अकुत सम्पति कमाएको आरोपमा मुद्धा परेको थियो ।

jaya-lalita

मुख्यमन्त्री बन्नु अघि उनको सम्पति केवल ३ करोडको रहेकोमा ५ वर्षमा उनको सम्पति ६६ करोड भारु भन्दा बढी भएपछि उनीमाथि अकुत संपतिको मुद्धा लागेको हो ।

१९९६ मा जयललिताको घरमा छापा मार्दा २८ किलो सुन, ८९६ किलो चाँदी, १० हजार साडी र ७५० जोर जुत्ता एवं ५१ घडी बरामद भएको थियो । सोही मुद्धामाथि सुनुवाइ गर्दै शनिबार बैंगलोर अदालतले जयललितालाई ४ वर्ष जेल सजाय सुनाएको थियो । तर उनलाई पछि अदालतले सफाइ दियो ।

मुख्यमन्त्रीमा फर्किएकी जयललितालाई स्वास्थ्यले भने साथ थिएन । सन् २०१६ सेप्टेम्बर २२ गते देखि उनी अस्पतालमा थिइन् । महिनौं अस्पतालमा रहेकी उनलाई शनिबार हृदयघात भएको थियो । त्यसकै कारण उनको निधन भयो । अपोलो अस्पतालले भनेको छ- हरेक प्रयास गर्दा पनि जयललितालाई बचाउन सकेनौं ।