१५ साउन, काठमाडौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गरे नेपालको हित गर्ने सुझावले मोदीले दिएका छन ।

भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग आज अपरान्ह रेड कोर्स रोडमा भएको भेटवार्तामा सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सके नेपालमा दिगो शान्ति र समृति हुने भन्दै सबैलाई मिलाएर संविधान जारी गर्न सुझाव दिएका हुन ।

उनले विनासकारी भुकम्पबाट भएको क्षतिका पुर्ननिर्माणमा के भईरहेको छ भन्ने विषयमा चासो राख्दै नेपालको विकास निर्माणमा भारतको सहयोग र समर्थन सधै रहने आश्वासन दिएका थिए ।

deuba & modi

देउवाले नेपालमा सबैको सहमतिमा संविधान जारी गर्ने गरी सबैसँग छलफल भईरहेको भन्दै मधेसी दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न लागि परेको बताएका थिए ।

छलफलमा महाकाली सन्धी आफ्नै पालामा भएको महाकाली सन्धी कार्यान्वयनको विषय उठाएको थियो । जसमा मोदीले यसमा सकारात्मक प्रतिक्रिया दिदै नेपालको जलविद्युत निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गरेका थिए ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री र देउवावीच भएको भेटवार्ता सकारात्मक भएको भन्दै सबै विषयमा कुराकानी भएको बताए ।

देउवाले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा गृहमन्त्री सिंहले सबैलाई सहमतिमा ल्याएर छिटो संविधान जारी गर्न सुझाव दिएका थिए ।