१५ कात्तिक, काठमाडौं ।

सत्तारुढ राप्रपा नेपालले ओली सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

परराष्ट्रमन्त्री समेत रहेका कमल थापाले आफूलाई दिने भनिएको स्थानीय विकाश मन्त्रालय नदिए सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएपछि सत्तारुढ दलहरुमा खैलाबैला मच्चिएको एक नेताले हेडलाइन्सलाई जानकारी दिएका छन् ।

kamal thapa- seating at office

कांग्रेसमाथि भद्र सहमति तोडेको आरोप लगाउने एमालेले पनि आफूहरुसँग भद्र सहमति तोडेको भन्दै कमल थापाले प्रधानमन्त्री ओलीलाई सहमतिबाट यता उता नगर्न सचेत गराएका छन् । एमालेले स्थानीय विकाश मन्त्रालय आफूसँगै राख्न खोजेपछि कमल थापा भड्किएका हुन् ।

के प्रचण्डको नयाँ रणनीतिले काम गर्ला !

यस अघि उपराष्ट्रपतिमा सहमति तोड्न खोजेको भन्दै एमाओवादीले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओली झस्किएका थिए । उपराष्ट्रपति एमाओवादीलाई दिएर कुरा मिलाए लगत्तै ओलीलाई अर्को तनाव आइलागेको छ ।