१७ वर्ष पहिले लञ्च भएको एक फिचर फोनले बजारमा धुम मच्चाएको थियो जसको नाम थियो नोकिए ३३१०। नोकियाले विश्वभरबाट आफ्नो १२ करोड ६० लाख सेट किनेको थियो।

पुरानो सेट

अब नयाँ लुक र हाइटेक फिचरको साथ नोकियाले यो सेट मोबाइल वर्ल्ड कांग्रेसमा रि-लञ्च गरेको छ। कम्पनीले यसको मोडलमा परिवर्तन नगरि यसमा भएको फिचर भने परिष्कृत गरेको छ। अर्थात अब यसमा क्यामेर र इन्टरनेट पनि हुनेछ।

नयाँ सेट

१७ वर्ष पहिले नोकिया ३३१० चर्चित हुनुको एक कारण यसको ‘स्नेक गेम’ पनि थियो। कम्पनीले यो गेम पनि लञ्च गरेको छ। पहिले ब्ल्याक एण्ड ह्वाइट स्क्रिनमा खेलिएको यो गेम अब भने रंगिन स्क्रिनमा खेल्न पाइनेछ। नोकियाको अधिकार अब फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलसंग छ । कम्पनीले यसको मूल्य ४९ यूरो (करिब ५,००० रुपैया) तय गरेको छ। संगै कम्पनीले नोकिया २, नोकिया ५ र नोकिया ६ स्मार्टफोन पनि लञ्च गरेको छ।

नोकिया ३३१० को फिचर

डिस्प्ले: २.४ इन्च QVGA
ब्याट्री: १२०० एमएएच, टक टाइम २२ घन्टा, स्ट्यान्बाइ टाइम ३१ दिन
आकार: ११५.६ mm X 51mm X 12.8 mm
रातो, निलो, पहेलो र खैरो रंगमा सेटहरु उपलब्ध हुनेछ।

मेमोरी: १६ एमबी इन्टरनल, ३२ जीबी माइक्रोएसडी
क्यामेरा: २ एमपी लेड फ्ल्यास सहित
नेटवर्क: २जी, जीएसएम, ९००/१८०० मेगाहर्ज
सेटमा एफएम र MP3 प्लेयर उपलब्ध छ।