१४ वैशाख, एजेन्सी।

अमेरिकी सेनाले क्यालिफोर्नियाबाट एक निसस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ( unarmed intercontinental ballistic missile) को परीक्षण गरेको छ। यो हतियार प्रणाली परमाणु कार्यक्रम अन्तर्गतकै एक अंग भएको बताइएको छ।

‘द मिनेटम्यान ३’ मिसाइल बुधबार बिहान भ्यानडेनबर्ग वायु सेना बेसबाट छोडिएको थियो। यसलाई ६,७५९ किलोमिटर टाढा प्रशान्त महासागरमा लक्षित गरि छोडिएको थियो।

अमेरिकी वायु सेनाले एक विज्ञप्ती जारी गर्दै हतियार प्रणालीको प्रभाव, तयारी र सिटकताको परीक्षण गरिएको बताएको छ।

३०औँ स्पेस विङ कमान्डर, कर्नेल जोन मोसले मिनेटम्यानको परीक्षण देशको परमाणु शक्तिको प्रदर्शनको लागि जरुरी भएको बताएका छन्।

रि-इन्ट्री भेहिकल समेत बताइने यो मिसाइल अमेरिकी सेनाले गत फेब्रुअरीमा पनि परीक्षण गरेको थियो।

उत्तर कोरियाले परमाणु र मिसाइल परीक्षण गर्ने आशंका बीच अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गर्न यो इन्टरकन्टिनेन्टल मिसाइलको परीक्षण प्रहार गरेको हो।

आशंका गरिएको छ कि, यस्तै अन्तरमहादेशीय मिसाइल उत्तर कोरियाले विकास गर्ने प्रयास गर्दैछ। अमेरिकासम्म प्रहार गर्न उत्तर कोरियाले यस्तो मिसाइल बनाउने कोसिस गरिएको बताइने गरेको छ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियन प्रायद्विपमा पठाएको एअरक्राफ्ट क्यारिअर अब केही दिनमा त्यहाँ पुग्ने जनाइएको छ। साथै केही दिन पहिले दक्षिण कोरियाली तटमा परमाणु उर्जाबाट सञ्चालित एक अमेरिकी पनडुब्बी पुगेको थियो । साथै अमेरिका र दक्षिण कोरियाली सेना अहिले संयुक्त सैन्य अभ्यास गरिरहेका छन्। उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्न लागेको आशंका चौतर्फी छ। यस्तो समयमा उत्तर कोरियामाथी दबाब बनाउन अमेरिकाले शक्तिशाली मिसाइलको परीक्षण गरेको हो।

हेर्नुस् भिडियो

यो पढ्नुस्।

अमेरिका ध्वस्त गर्न सक्छ उत्तर कोरियाली मिसाइल, यस्तो छ उत्तर कोरियाको मिसाइल क्षमता

उत्तर कोरियाको मिसाइल प्रविधि विकासको तीव्रताले पश्चिम चकित, अष्ट्रेलिया पनि गम्भीर हुनुपर्ने’