१२ वैशाख, एजेन्सी।

उत्तर कोरियाका रक्षा मन्त्रीले ‘उत्तर कोरियासंग अमेरिका प्रहार गर्नसक्ने परमाणु हतियार भएको’ दाबी गरेका छन्।

रक्षा मन्त्री पाक योङ-सिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिदै ‘सटिक र उन्नत प्रहार’ अर्थात उत्तर कोरियाले अमेरिकामा प्रहार गर्न आफ्नो सैन्य युनिट खटाइसकेको तर्फ संकेत गरेका छन्।

उनले भने, ‘हाम्रो परमाणु हतियार एसिया प्यासिफिकमा अमेरिकी सैन्य वेस र अमेरिका प्रहार गर्न लञ्चरमा तयारी अवस्थामा राखिएका छन्।’

यदि शत्रुपक्षले उत्तर कोरियामा आक्रमण गर्ने कदम चाले, कुनै दोस्रो चेतावनी बिना एउटै शक्तिशाली आक्रमणबाट शत्रुहरु समाप्त गरिनेछ भनी उनले चेतावनी दिएका छन्।

यो पढ्नुस्: के यो तेस्रो विश्व युद्धको संकेत हो ?

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङजापानी प्रधानमन्त्री सिन्जो आबेलाई उत्तर कोरियाको परमाणु महत्वकांक्षा रोक्ने बारे छलफल गर्न फोनवार्ता गरेपछि उत्तर कोरियाबाट यस्तो चेतावनी आएको हो।

उत्तर कोरियाको चेतावनीको खबरसंगै अमेरिकामा एक अस्वभाविक मिटिङ डाकिएको बारे खबर आएको छ।

उत्तर कोरियाकै विषयमा ह्वाइट हाउसका उच्च अधिकारीहरुले सबै १०० सिनेटरलाई क्यापिटोल हिलमा एक ‘अस्वभाविक’ छलफलको लागि डाकेका छन्।

आज उत्तर कोरियाली सेनाको ८५ औँ वार्षिकोत्सव भएकाले संम्भावित उत्तर कोरियाली कदमको कारण सो क्षेत्रमा तनावको स्थिति छ।
यता रुसले पनि सो क्षेत्रमा संघर्षको सम्भावना निकै बढेको बताएको छ।

यो पढ्नुस्।

उत्तर कोरियाभन्दा बढि रुससंग डराउँछ अमेरिका