काठमाडौं, ३० चैत । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लगातार छैटौं हार ब्यहोरेको रोयल च्यालेन्जर्स बैंगलोर शनिबार (आज) सातौं खेल खेल्दैछ ।

नेपाली समय अनुसार बेलुकी सवा ८ बजे चण्डीगढमा हुने खेलमा बैंगलोर किँग्स इलाभेन पञ्जावसँग भिड्नेछ । आजको खेलमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेको बिराट कोहली गर या मरको अवस्थामा छन् । प्लेअफमा पुग्ने संभावना जिवित राख्नका लागि बैंगलोरलाई अबका बाँकी ८ खेल जित्नैपर्ने बाध्यता छ ।

जारी सिजनमा बैंगलोरको बलिङ र ब्याटिङ दुबै कमजोर रेको छ । सबै खेल हारेर एक अंक पनि जोड्न नसकेकाले बैंगलोर तालिकाको पुच्छारमा छ । ७ खेल खेलिसकेको पञ्जाव भने ८ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।