७ फागुन, एजेन्सी।

फेसबुकमा पोस्ट हुने सामाग्री जाँच गर्नसक्ने एक सफ्टवेयर निर्माणमा फेसबुक जुटेको छ।

फेसबुक पोस्टमा आतंकवाद, हिंसा र धम्की पत्ता लगाउन सक्ने एक ‘अल्गोरिदम’ (कुनै सफ्टवेयर बनाउनुपूर्व तयार गरिने गणितीय विधि वा प्रोग्राम ) विकास गर्न फेसबुक लागेको फेसबुकका सस्थापक मार्क जुकरवर्गले एक खुला पत्रमा लेखेका छन्। यो विधिले फेसबुकमा पोस्ट भएका स्टाटस र तस्बिर जाँच गरि आत्महत्या समेत रोक्न सक्ने छ।

५५०० अक्षरको आफ्नो पत्रमा फेसबुकको भविष्यबारे चर्चा गर्दै जुकरबर्गले लेखेका छन्, अहिले फेसबुकमा प्रकाशित हुन अर्बौ पोस्ट र म्यासेज जाँच गर्नु असम्भव छ।

उनले भने, ‘अब यस्तो सिस्टम बनाउने कोसिस गरिएको छ कि जसले टेक्स्ट (अक्षर) पढ्न सकोस् र तस्बिर र भिडियो जाँचेर निर्णय लिन सकोस् कि केही खतरनाक त हुँदैछैन् ?’

समय लाग्छ

तर यो योजना भरखर सुरु गरिदैछ।
उनले भने, ‘अहिले हामी आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता ) को बारेमा सोच्दै छौ जसले आतंकवाद र आतंकवादसंग जोडिएका खबर बीच अन्तर चिन्न सकोस्।

सन् २०१४ मा एक घटनाले फेसबुकले निकै आलोचना खेप्नु परेको थियो। सन् २०१४ मा लन्डनमा एक ब्रिटिश सेनाको हत्या गर्ने मध्येको एक हत्याराले महिनादिन अघि नै फेसबुकमा आफ्नो इच्छाको जानकारी दिएको खबर आएको थियो। यस्तो जानकारी सार्वजनिक हुँदा पनि फेसबुकले थाहा नपाएको र जरुरी कदम समयमै चाल्न नसकेको भन्दै आलोचना गरिएको थियो।