जब-जब धर्तीमा महान् पतिव्रता स्त्रीहरूको विषयमा कुरा उठ्छ, तब त्यहाँ दुर्योधनकी माता गान्धार राज्यकी राजकुमारी गान्धारीको नाम अवश्य उठ्दछ। यसको पछाडि एउटा कारण छ- आफ्ना पतिप्रतिको समर्पण।

विवाहपूर्व नै गान्धारीमा यो थाहा भैसकेको थियो कि उसको विवाह एक दृष्टिहीन राजा धृतराष्ट्रसँग हुन जाँदैछ। तर उनले आफ्नो पतिको कमजोरीलाई स्वीकार गरी आफ्नै आँखामा पट्टी बाँधेर अन्धकारको बाटोतर्फ लाग्न तयार भइन्। विवाह पश्चात आफ्नो सारा जीवन दृष्टिहीन व्यक्तिसरह बिताउन तत्पर गान्धारीको पतिप्रतिको यस्तो कठोर समर्पण र निष्काम भावकै कारण उनको आँखामा एक यस्तो शक्ति प्रवेश गर्यो जुन साँच्ची नै अद्भुत थियो।Duryodhan Death Reson (2)

गान्धारीको आँखाको शक्ति र दुर्योधनको मृत्युको गहिरो सम्बन्ध छ। गान्धारीको दृष्टिमा यस्तो शक्ति थियो, जसको कारण उनका पुत्र दुर्योधनको शरीर बज्रसमान कठोर भएको थियो, तर दुर्योधनको मृत्युको कारण पनि गान्धारीकै शक्ति बन्न पुग्यो।Duryodhan Death Reson (1)

महाभारतको युद्ध हुनुभन्दा अगाडि गान्धारीले आफ्ना पुत्र दुर्योधनलाई गंगामा स्नान गरेर नग्नावस्थामा आफ्नो अगाडि उपस्थित हुन आदेश दिइन्। आदेश जस्तोसुकै भएपनि आफ्नै माताको आदेश भएको हुनाले दुर्योधनले नकार्न सकेनन् र आज्ञा पालन गर्दै गंगामा स्नान गरेर नग्नावस्थामा दरबारतर्फ लागे।

बाटोमा दुर्योधनको भेट श्रीकृष्णसँग भयो। दुर्योधनलाई पूर्ण नग्नावस्थामा देखेपछि श्रीकृष्ण पनि अचम्ममा परे, उनले भने- “तिमीलाई लाज लाग्दैन? यस्तो हालतमा तिमी महलतर्फ किन जाँदैछौ? आखिरा कुरा के हो?”

श्रीकृष्ण त स्वयं नारायण हुन्, उनलाई दुर्योधनले सारा बेलिबिस्तार लगाउनुपर्ने जरुरी नै थिएन। त्यसैले दुर्योधनले आफ्नो मुख खोल्नुभन्दा अगाडि नै श्रीकृष्णले भने- “हे दुर्योधन! तिमी पहिला बालक थियौ, त्यसैले आफ्नो आमाको अगाडि जस्तोसुकै रूपमा पनि जान सक्थ्यौ। तर अहिले तिमी ठूलो भैसक्यो, माता गान्धारीको सामु यसरी जानु ‘अनुचित’ हुन्छ।”Duryodhan Death Reson (3)

दुर्योधनलाई पनि श्रीकृष्णको कुरा ठीकै लाग्यो। मायावी नारायणको बहकावमा लागेर उनले कम्मरमुनिको भागमा पातले ढाकेर गान्धारीको सामु उपस्थित भए। त्यसपछि जब गान्धारीले आफ्नो आँखा उघारिन्, तब उनको दृष्टि दुर्योधनको नग्न शरीरमा पर्न गयो र यसैकारण नै उनको शरीर बज्रसमान कठोर भयो। तर दुर्भाग्यवश, दुर्योधनले कम्मरमुनिको भाग पातले ढाकेको हुनाले गान्धारीको दृष्टि त्यहाँ पर्न सकेन र त्यस भागमा शक्तिको असर पर्न सकेन।

परिणामस्वरूप, महाभारतको युद्धमा भीमले दुर्योधनको त्यहिँ जाँघमा बज्र प्रहार गरेर उनको वध गरिदिए। जब दुर्योधनले सारा सबाको सामुन्ने द्रौपदीको वस्त्रहरण गरेर अपमान गरेका थिए, तब भीमले यो प्रण गरेका थिए कि दुर्योधनको जाँघमा प्रहार गरेर उसको वध गर्नेछु।

माता गान्धारीको आँखामा यस्तो शक्ति आउनुको पछाडि पनि अर्को रहस्य छ। गान्धारीको पतिव्रत धर्म एकदमै कठोर थियो। एक समर्पति स्त्री हुनुको साथ-साथ उनी भगवान शिवका भक्त पनि थिइन्। गान्धारीको भक्त र समपर्णबाट प्रसन्न भएर भगवान शिवले उसलाई एक वरदान दिएका थिए- आफ्नो आँखाको पट्टी खोलेर जसलाई हेर्छिन्, उसको शरीर बज्रसमान बलियो र कठोर हुनेछ।

दुष्ट स्वभाव र अहङ्कारले दुर्योधनको आँखा बन्द गरिदिएको थियो, उनले के कुरा धर्म र के अधर्म हो भन्ने कुराको अड्कौल गर्न सक्दैनथे। यस्तो हुँदा हुँदै पनि गान्धारीले उनलाई बचाउँन चाहन्थिन्, त्यसैले नै आफ्नो अगाडि नग्नावस्थामा उपस्थित हुन आदेश दिएकी थिइन्। तर श्रीकृष्णको कुरा सुनेर दुर्योधनले आफ्नी आमाको आदेश पूर्ण रूपले पालन गरेनन् र फलस्वरूप उसको मृत्यु भयो।

यो पनि हेर्नुहोस्-
पक्षीको आँखा, अर्जुनको धनुष र दुर्योधनको ईर्ष्या- महाभारतको रोचक अनि प्रेरणादायी कथा
धर्मका प्रतीक पाण्डव पुगे नर्कमा, तर अधर्मी दुर्योधन पुगे स्वर्गमा
रामायण र महाभारत कथाको बीचमा कस्तो सम्बन्ध रहेको छ?
राक्षसलाई दिए अनौठो वरदान, यसकारण शिवलाई भनिन्छ भोलेनाथ