११ वैशाख, एजेन्सी ।

अमेरिकी राजनीतिक पण्डित भलै उत्तर कोरियालाई सबैभन्दा खतरनाक मान्छन्, धेरैजसो अमेरिकीको धारणा भने ठिक उल्टो छ। उनीहरु प्योंगयांग भन्दा रुसलाई बढी खतरा ठान्छन्।

प्यु रिसर्च सेन्टरले अमेरिकी नागरिकहरुबीच गरेको एक हप्ता लामो सर्भेबाट यो कुराको पुष्टि भएको हो । सर्भेको अनुसार हरेक ३ अमेरिकनमध्ये १ ले बढि खतरनाक राष्ट्रमा रुसको नाम लिएका थिए । रिपब्लीकनको तुलनामा डेमोक्रेट अमेरिकीहरुले रुस बढि खतरनाक भएको बताएका थिए।

प्यु रिसर्च सेन्टरले यो ताजा सर्भे उत्तर कोरियासंगको हालै उत्पन्न तनाव भन्दा पहिले गरेको थियो। यो सर्वे ५ अप्रिल देखि ११ अप्रिलकोमा गराइएको थियो ।

यो पढ्नुस्:

अमेरिकाले अफगानिस्तानमा खसालेको बम भन्दा शक्तिशाली रुसको बम ‘फादर अफ अल बम्बस्’

भारतलाई चीनको सुझाव: एयरक्राफ्ट क्यारिअरमा हैन आफ्नो अर्थतन्त्रमा ध्यान देउ

अमेरिका ध्वस्त गर्न सक्छ उत्तर कोरियाली मिसाइल, यस्तो छ उत्तर कोरियाको मिसाइल क्षमता