एजेन्सी ।

कुनै पनि स्थानमा सबै धनी हुनु सम्भव कुरा होइन । हरेक समाजमा कोही धनी कोही गरिव र कोही मध्यम हुन्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ चीनमा एउटा यस्तो गाउँ छ जहाँ हरेक मानिस करोडपति छ ।

एउटा गाउँः जहाँ कुमार केटा नपाएर केटीहरु भौतारिरहन्छन्
अनौठो गाउँ जहाँ सबै जना नाङ्गै बस्छन् (फोटो फिचर)

२ हजार जनसंख्या भएको चीनको जियाङ्ग्सुस्थित गाउँका सबै करोडपति छन् । यहाँको हरेक ब्यक्तिसँग आलिसान बंगला र कार पनि छ ।

china-model-village-1

यहाँ बनाइएका हरेक घरको मोडल एउटै छ । खासमा यो गाउँका सबै मानिस मिलेर संयुक्त बैंक खाता खोलेका छन् । जहाँ हरेक ब्यक्तिको नाममा ८५ लाख रुपैयाँ जम्मा गरिएको छ । यो पैसा संयुक्तरुपमा समानुपातिकरुपमा नै चलाउने गरिन्छ ।

धनाड्यबीच महिलालाई दाश र जनावर बनाउने प्रतिस्पर्धा (फोटो फिचर)

यस्तो ठाउँ जहाँ पुरुष महिलाको दाश बन्नु पर्छ (तस्विर सहित)

बैंकले नै हरेक बासिन्दालाई तलव सुविधा समेत उपलब्ध गराउँछ । यहाँका मानिसहरु लाखौं तलव खान्छन् । चीनको यो मोडल भिलेजले संसारका विकशित सहरहरुलाई समेत टक्कर दिएको डेली मेलले जनाएको छ ।

china-model-village

हरेक मानिसलाई उस्तै अधिकार र सुविधा दिइएको कम्युनिष्ट चीनमा रहेको यो गाउँलाई आधुनिक कम्युनको एउटा रुप भन्दा पनि हुन्छ ।

महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)

तर यो गाउँका करोडपति बन्न एक शर्त छ । शर्त हो हरेक मानिस यो गाउँमै बस्दा मात्र उसको खाताको पैसामाथि दावी गर्न पाउँछ । उनीहरुको सम्पति पनि गाउँमा बस्दा मात्र उनीहरुको हुन्छ । गाउँ छोड्ने निर्णय गरेमा भने सबैकुरा छोडेर हिँड्नु पर्छ । अर्थात गाउँ छोडेको दिन उक्त ब्यक्ति कंगाल हुन पुग्छ ।