पछिल्लो समयमा प्याकिङ गरिने खाने कुराको प्रचलन एकदमै बढी छ । हरेक कुरा प्याकेटमा पाइन्छ । यस्ता खानाका प्याकेटमा कहिले सम्म खान हुने भनेर एक्सपाइरी मिति पनि उल्लेख गरिएको हुन्छ । कतिपय यस्ता खाना पनि छन् जुन प्याकेटमा नभएर खुल्ला किन्नु पर्छ ।

यहाँ एक्सपाइरी डेट सकिएको भएपनि उपभोग गर्न मिल्ने ९ प्रकारका खानाको विषयमा चर्चा गरिएको छ ।

१ कर्न फ्लेक्स
कर्न फ्लेक्समा एक्सपाइरी डेट हेरेर चिन्तित हुनु पर्दैन । यसलाई जोगाएर राख्न सक्ने हो भने लामो समय सम्म पनि सेवन गर्न सकिन्छ । तर यसलाई चिसो ठाउँमा भने राख्नु हुँदैन ।


food never expire

२ अण्डा
अण्डा खुलारुपमा विक्री हुने हुँदा यसलाई कहिले सम्म सेवन गर्ने र कहिले नगर्ने भन्ने निर्क्यौल गर्न कठिन छ । अण्डा खान हुन्छ कि हुँदैन भन्ने थाहा पाउनका लागि पानीको प्रयोग गर्न सकिन्छ । अण्डालाई पानीमा डुबाउनुस् यदि पानीमा अण्डा डुब्यो भने खान हुन्छ उत्रियो भने खानु हुँदैन ।

food never expire 1

३ मक्खन
यदि तपाइँको घरमा बजारबाट ल्याएको मक्खनको एक्सपाइरी डेट सकियो भने पनि फ्रिजमा केही दिन सम्म सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ ।

food never expire 2

४ विस्कुट र नमिकन
विस्कुट र नमकिन पनि एक्सपाइरी डेटलाई लिएर धेरै चिन्ता गरिरहनु पर्दैन । सुरक्षित स्थानमा राख्यो र चिसोबाट बँचायो भने यी खानेकुरा लामो समय सम्म खान सकिन्छ । यद्यपी चिसो लागेर ढुसी लागेको छ भने चाँहि खानु हुँदैन ।

food never expire 3

५ डिब्बाका खानेकुरा
डिब्बामा बन्द अवस्थामा पाइने खाने कुराका लागि पनि एक्सपाइरी डेटको धेरै चिन्ता गरिरहनु पर्दैन । यदि कुनै खानेकुराको डिब्बामा एक्सपाइरी डेट २ वर्ष भनेको भएपनि यसलाई सुरक्षित राखेर अर्को वर्ष सम्म खान सकिन्छ ।

food never expire 4

६ सलाद

सलादमा हुने सागपात र हरिया खानेकुराहरु पनि एक्सपाइरी डेटको चिन्ता नगरी सेवन गर्न सकिन्छ । यदी यसका केही पात वा भाग विग्रेको भए अन्य भागको उपभोग गर्न सकिन्छ ।

food never expire 5

७ ब्रेड
ब्रेडलाई बढीमा एक साता सम्मको एक्सपाइरी डेट दिइएको हुन्छ । तर फ्रिजमा राखेर २ साता सम्म सेवन गर्न सकिन्छ ।

food never expire 6

८ फ्रोजन फुड
फ्रोजन अवस्थामा राखेर विक्री गरिने खाने कुराका लागि पनि एक्सपाइरी डेटमा चिन्ता गरिरहनु पर्दैन । यद्यमी फ्रोजन मिटमा भने यो कुरा लागु हुँदैन ।

food never expire 7

९ पास्ता
सुख्खा पास्ता पनि एक्सपाइरी डेट चिन्ता गर्न नपर्ने खाने कुरा हो । यसको एक्सपाइरी डेट सकिएपनि सुरक्षित राखेमा यसलाई २ वर्ष सम्म सेवन गर्न सकिन्छ ।

food never expire 8

यो पनि हेर्नुस्

यी ६ खानेकुरा फ्रिजमा नराखेकै राम्रो 

मिसाएर खान नहुने १२ खानेकुरा