एजेन्सी ।

कपिल शर्मा एकपटक फेरि सुटिङ रद्द गरेको कारण चर्चामा छन । यसपटक उनले अमिताभ बच्चकको साथमा गरिने भनिएको सुटिङ रद्द गरेका हुन । अमिताभ बच्चन कपिल शर्मासँग केबीसी (कौन बनेका करोडपती) को विशेष एपिसोड गर्न चाहन्थे । तर अन्तिम समयमा आएर यो एपिसोड रद्द गर्नु परेको छ ।

यसपटक एपिसोड रद्द गर्नुको कारण कपिल शर्मा विरामी भएर नभई अरु कारण रहेको बताइएको छ । रिपोर्टका अनुसार, कपिलले फेडेरेशन अफ वेश्टर्न इन्डिया सिने एम्प्लोईजको हड्तालको कारण शो रद्द गर्नु परेको थियो ।

तलब बढाउन माग गर्दै यो फेडेरेशनका कर्मचारी हड्तालमा उत्रेपछि शो रद्द हुन पुग्यो ।

लाइटम्यान, मेकअप म्यान र स्पोर्टबोई सबै हड्तालमा गएपछि बाध्य भएर अमिताभसँगको शो कपिलले रद्द गरेको बताइएको छ ।

यस हड्तालको कारण पद्मावती, परमाणु र शाहरुख खान हिरो रहेको अनटाइटल्ड को सुटिङ पनि रद्द भएको छ ।

कपिल यस अघि पनि शो रद्द गरेको कारण चर्चामा आएका थिए ।

यो पनि पढ्नुस्

कपिल शर्माबारे उनकी बहिनीको नयाँ खुलासा

शुटिङ गर्दा गर्दै बेहोश भए कपिल शर्मा

‘द कपिल शर्मा शो’का खजुरको भाग्यले यसरी कोल्टे फेर्यो