१७ चैत्र, काठमाडौं ।

राप्रपा नेपालभित्र सरकारमा गएर पार्टीले लिएको नीति विपरीत काम भएको भन्दै विवाद बढेको छ ।

पार्टी अध्यक्ष एवं उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको सरकारमा पुगेर पार्टीको नीति विर्सिएको भन्दै चर्को आलोचना भइरहेको बेला थापाका प्रेस संयोजक मोहन श्रेष्ठले कुकुरलाई टुंगा हानेरु गन्तव्यमा नपुगिने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले पार्टी सरकारमा जानुको औचित्य समाप्त भएको भन्दै तत्काल फिर्ता हुनपर्ने बताएको लगत्तै श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

Mohan Shrestha status on party

निर्वाचनमा उठाएको एजेण्डामाथि पार्टीले चासो नदेखाएको बताउंदै संवैधानिक राजतन्त्रको एजेण्डा बोकेर हिडेका पार्टीका अध्यक्षले राष्ट्रपतिबाट सपथ लिनु नै गल्ती भएको निष्कर्ष निकाल्दै विष्टले मंगलवार विज्ञप्ती नै निकालेका थिए ।

विज्ञप्ती नै जारी गरेपछि श्रेष्ठले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्–इतिहासका दर्जनौ मोडमा गद्दारहरुको सामना गर्दै अघि बढेको राष्ट्रवादी आन्दोलन रोकिन्न, बाटो हिडदा भुक्ने प्रत्येक कुकुरलाई ढुंगा हानेर गन्तव्यमा पुनिन्न यति ।’ अध्यक्ष थापाले पार्टीमा एकलौटी रुपमा अगाडि बढेको भन्दै विष्ट पक्षधर नेताहरु असन्तुष्ट हुँदै सरकारबाट बाहिरिन दबाब दिदै आएका छन् ।