१७ चैत, एजेन्सी ।

दक्षिण कोरियाली सेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । कोरियाको तनाव जारी रहेको समयमा दक्षिण कोरियाको लडाकु विमान खसेको हो ।

लडाकु विमान दक्षिण पूर्वी प्रान्तमा खसेको सिन्हवा समाचार समितिले जनाएको छ । दुर्घटनाको विवरण आउन बाँकी छ। दुर्घटनामा उत्तर कोरियाको हात रहे नरहेको पनि प्रष्ट हुन सकेको छ ।

fighter jet crashes

मंगलबार मात्र अन्तर्राष्ट्रिय प्रतिबन्धलाई चूनौति दिदै उत्तर कोरियाले फेरी प्रोजेक्टाइल प्रहार गरेको थियो । आफ्नो आणविक परिक्षण र लामो दुरीको मिसाइल परिक्षणलाई लिएर राष्ट्र संघले कडा प्रतिबन्ध लगाएपछि त्यसको अवज्ञा गर्दै उत्तर कोरियाले मंगलबार साँझ छोटो दुरीको प्रोजेक्टाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले पुनः प्रोजेक्टाइल प्रहार गरेपछि दक्षिण कोरिया सतर्क

उत्तर कोरिया र दक्षिण कोरियामा कुन बढी शक्तिशाली?

उत्तर कोरियाको बारेमा चाखलाग्दा ३० तथ्य (फोटो फिचर)

प्रोजेक्टाइल आज साँझ पाँच बजेर चालीस मिनेट जादाँ तटिय शहर वोन्सनबाट प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्रोजेक्टाइल दुइ सय किलोमिटर टाढा पुगेर भुईमा खसेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच उत्तरका उत्तेजनात्मक सैन्य गतिविधि बारे सुक्ष्म तवरले नियालिरहेको र उच्च स्तरको तयारीमा सेनालाई राखिएको सोलले जनाएको छ ।