एजेन्सी । बदलिंदो जिवनशैली तथा खानपानका कारण बालिकाहरुma कम उमेरमै महिनावारी हुने गरेको पाइएको छ । जसले सानो उमेरमा महिनावारी हुने महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने तथ्य सार्वजनिक भएको छ ।

हालै अष्ट्रेलीयामा गरिएको एक अनुसन्धानका अनुसार कुनैपनि बालिकाको महिनावारी ११ वर्ष तथा ११ भन्दामुनिको उमेरबाट सुरु भयो भने भविष्यमा मधुमेहको सिकार बन्न सक्ने अध्ययनले जनाएको छ । कम उमेरमा महिनावारी हुनाले गर्भवती भएको बेलामा मधुमेहको खतरा बढ्ने सम्भावना ६६ प्रतिशतले बढि हुने बताइएको छ ।

अध्ययनका क्रममा १० देखि १४ वर्ष उमेर विचमा महिनावारी सुरु भएका महिला सामेल गराइएका थिए । जसमा अन्य महिलाको तुलनामा उनीहरुमा गर्भावस्थामा मधुमेहको सम्भावना ६६ प्रतिशत वढि रहेको पाइएको थियो । जसले गर्भाबस्थामा बच्चा र आमाको स्वास्थ्य दुवैमा लामो समयसम्म प्रभावित गर्न सक्छ ।

उक्त अनुसन्धानमा बाल्यवस्था, प्रजनन् र जिवनशैलीको कारणबारे अध्ययन गरिएको थियो । अध्ययनमा सामेल गराइएका महिलामा सानै उमेरदेखि महिनावारी हुन सुरु भएको थियो र गर्भावस्थामा मधुमेहको शिकार भएको पाइएको थियो ।