७ जेठ, कालीकोट  ।

कालिका गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का खडानन्द चौलागाईं दुई हजार २७४ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्द आचार्यले एक हजार ५१२ मत ल्याए । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै पम्फादेवी शाही विजयी भएका छन्  ।

कालिका गाँउपालिकाको पाँचवटा वडामा एमाले तथा दुई÷दुई वडामा काँग्रेस र माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको दुई नगरपालिकासहित तीन गाँउपालिकामा माओवादी केन्द्र, एक नगरपालिकासहित एक गाउँपालिकामा एमाले र एक गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

यसैबीच, नरहरिनाथ गाँउपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्दमा स्थगन भएको निर्वाचन आज सम्पन्न भएको छ । रासस