विकाश श्रेष्ठ ।
१५ साउन, सोल ।

दक्षिण कोरियामा इपिएस मार्फत कोरिया आएका नेपाली कामदारहरु बिच एक आपसमा झगडा गर्दा एक नेपालीको ज्यान गएको छ ।

ग्वाङ्गजु शहरमा कार्यरत एक नेपालीका भनाइ अनुसार भोजपुरका परशुराम राइले झगडाका क्रममा लठ्ठीले हिर्काएर काभ्रेका राउत थरका एक नेपालीको हत्या गरेको बताइएको छ ।

South Korea Nepali 1

झगडा गर्ने दुवै नेपाली कोरिया आएको १ महिना नभएको बताइएको छ । सउल स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ्गले घटनाका बारेमा नेपालीहरुबाट जानकारी प्राप्त भएपनि आधिकारिक रुपमा प्रहरीबाट जानकारी प्राप्त नभएको बताए ।