१२ भदौ, एजेन्सी ।

बलिउडका हट जोडी मानिने क्याट्रिना कैफ र रणबीर कपुरको प्रेम सम्बन्ध अन्त्य भएपछि आफूलाई भएको पीडाको अनुभव क्याट्रिनाले खोलेकी छिन् ।

प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)

एक अन्तर्वार्ताका क्रममा क्याट्रिनाले आफूहरुको ब्रेकअपपछिको पीडाबारे खुलेर कुरा गरेकी हुन् ।

ranbir katrina 562153911

रणबीरसँगको ब्रेकअपपछि कस्तो अनुभव भयो भन्ने प्रश्नमा क्याट्रिनाको जवाफ थियो, “हेर्नुस तपाइँलाई पनि थाहा छ मलाई कस्तो भयो होला । सामान्य मानिसलाई जस्तो पीडा देखाउने सुविधा हामीलाई हुँदैन तर म पनि सामान्य मानिस जस्तै दुःखी र पीडित हुन सक्छु” ।

katrina kaif hot sad

रणबीरसँगको सम्बन्ध टुटेपछि आफू कठिन समयबाट गुज्रिएको बताउँदै क्याट्रिनाले सामान्य मानिस जस्तो सेलिब्रेटीहरुलाई सहज नहुने बताइन् । ब्रेकअपलाई चुनौतीकोरुपमा लिएको बताउँदै क्याट्रिनाले अरुलाई जस्तो पिर परेको दिन काम छोड्ने र अध्यारो मुख लगाएर हिँड्ने सुविधा सेलिब्रेटीहरुलाई नभएको उनको भनाइ छ ।

क्याट्रिनाले अन्तर्वार्ता दिँदा दिँदै उनको आँखामा आँशु टल्पलाएको समेत बलिउड लाइफ  डटकमले जनाएको छ ।

यस्तो ठाउँ जहाँ महिलाले विवाहपछि पनि परपुरुषसँग रोमान्स गर्न पाउँछन्

क्याट्रिनाले सेलिब्रेटीहरुलाई पीडा लुकाउन कठिन हुने तर आफूले ब्रेकअपछिको अवस्थालाई आफूलाई सम्हालेर अघि बढ्ने प्रण गरेको समेत खुलासा गरिन् ।

यस अघि क्याट्रिनाले रणबीरसँगको ब्रेकअपबारे यसरी खुलेर कुरा गरेकी थिइनन् । उनले ब्रेकअप भएको स्वीकार गर्दै दुखेसो पोखेको पहिलो पटक हो ।

क्याट्रिना आफ्नो आगामी फिल्म ‘बार-बार देखो’ मा सिद्धार्थ मल्होत्रासँग देखिँदैछिन् । यो चलचित्र ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची