२० माघ, एजेन्सी

पाँच बर्षदेखि राज गर्दै आएको एप्पलको ‘विश्व उत्कृष्ट ब्रान्ड’ ट्यागलाई गुगलले खोसेको छ । यद्यपी, एप्पलले २०१७ मा ‘क्यु१’को ऐतिहासिक बिक्रि तथा कारोबार गरेको थियो । तर, हालै आएको नयाँ ब्रान्ड तालिका अनुसार गूगलले एप्पललाई जितेको छ ।

‘ब्रान्ड फाइनाइन्स’को विश्व तालिकाअनुसार, एप्पलले स्मार्टफोन र ट्याबलेटबाट बजारमा आफ्नो पकड बनाएका कारण सन् २०१२ देखि नम्बर १ स्थानमा राज गरिरहेको थियो । तर, ‘नयाँ ब्रान्ड फाइनाइन्स ग्लोबल ५००’को तालिका अनुसार २०१६ मा यसको ‘ब्रान्ड भ्याल्यु’मा २७ प्रतिशतले गिरावाट आएको छ ।

गूगलको अनुमानित ब्रान्ड भ्याल्यु १०९,४७० लाख डलर छ भने एप्पलको ब्रान्ड भ्याल्यु १०७,१४१ लाख डलर रहेको छ । ‘टप १०’ तालिकामा पहिलो नम्बरमा गूगल र दोस्रो नम्बरमा एप्पल छ, त्यसपछि अमेजोनले तेस्रो स्थान ओगटेको छ ।