तपाई गुलियोलाई जहाँ बचाएर राख्नुहोस्, कमिलाले भेटेरै छोड्छ । बर्षाको मौसम सुरु भइसकेको छ, अब कमिलाको आतंक झनै बढ्नेछ । गुलियो पदार्थमा कमिलाको घेरा पर्यो भने केही समस्या आउँछ । त्यसो भए, कमिलालाई नमारिकनै भगाउँने उपाय अपनाउँनुहोस् । जान्नुहोस् ७ सानदार उपाय ।

१. कागतीको बोक्रा – कमिलालाई केही प्रकारका बास्ना पटक्कै मनपर्दैन । यस्ता बास्नाका कारण उनीहरु गुलियो नै छोडेर भाग्छन् । यस्तै चीजमा पर्छ ‘कागतीको बोक्रा’ । कमिलााई भगाउँन कागतीको छालालाई चिनी वा मिठाईको भाडामा राख्नुहोस् ।

२. तेज पात – तेजको पातको बास्ना पनि कमिलालाई मन नपर्ने बास्नामा पर्छ । जुन चीजमा कमिला झुम्मिन्छन्, त्यसमा तेइस पत्ता राख्नुहोस् ।

३. ल्वांग – कागती र तेज पात जस्तै भान्सामा मसालाको रुपमा प्रयोग हुने ल्वांग पनि कमिला भगाउँने काइदाको उपाय हो । ल्वांगलाई कमिला लाग्ने भाडामा राख्नुहोस्, कमिला टाढैबाट भाग्छ । तर, ख्याल राख्नुहोस् चिनीमा ल्वांगको बास्ना बस्न सक्छ ।

४. दालचिनी र मरिच – दालचिनी र मरिचको धुलोले पनि कमिला हटाउँछ । पाउडरले चिनीको बट्टालाई छर्कनुहोस्, कमिला टाढै रहन्छ ।

५. सिरका अर्थात् भिनेगर – भिनेगरको बास्ना पनि कमिलालाई मन पर्दैन । त्यसैले गुलियो राख्ने ठाउँलाई भिनेगरले पुछ्नुहोस् । कम्तिमा एक हप्तासम्म कमिलाले त्यस ठाउँको नजिक आउँदैन ।

६. रेखा – कमिलाले रेखालाई निक्कै सम्मान गर्छ । यहाँ कुनै बिषालु रेखा होइन, आफैँले बनाइने रेखा जस्तै चक, आटा वा पाउडर । यी चीजले गुलियो भएको ठाउँलाई घेरा लगाउँनुहोस्, कमिलाले त्यो रेखा नाघ्ने प्रयत्न गर्दैन ।

७. पानी – माथिका कुनै पनि उपायले कमिला भागेनन् भने पानीको प्रयोग गर्नुहोस् । चिनीको बट्टालाई थालमा पानी राखेर बीचमा राख्नुहोस् ।