६ फागुन, काठमाडौं ।

ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताएका छन् ।

फाइल फोटो

अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनपछि नयाँ संविधानले संस्थागत गरेका अधिकारहरु प्राप्त हुने ठोकुवा गरे ।

मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन स्थानीय तहको चुनाव जरुरी रहेकोमा जोड दिए ।

अर्को प्रसंगमा उनले उर्जा मन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए ।