७ जेठ, काठमाडौं ।
आगामी जेठ ३१ गते अघि नै जेठ १५ गते बजेट आउने पक्का भएको छ । संविधानमा व्यवस्था भए बमोजिम जेठ १५ गते सरकारले बजेट ल्याउने भएको हो । निर्वाचन आयोगले जेठ ३१ बजेट नल्याउन सरकारलाई निर्देशन दिएपनि सरकारले बजेट ल्याउनको लागि गृहकार्य थालेको छ । सरकारले आर्थिक बर्ष २०७४÷०७५ को लागि आज नै नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति समक्ष पठाएको छ । प्रचण्ड नेतृत्वको सरकारले बजेट ल्याएर मात्र कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले भोली बजेटको पूर्व सन्ध्यामा पत्रकारहरुसँग अर्थ मन्त्रालयमा नै पत्रकारसँग छलफल गर्ने भएको उनका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।