२९ असार, काठमाडौ ।

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद जेवी टुहुरे ( जुठ बहादुर टुहुरे खड्गी) निर्वाचित भएका छन् । समितिको आज बसेको बैठकले टुहुरेलाई निर्विरोधन निर्वाचित चयन गरेको हो ।

नेकपा माआवादी केन्द्रबाट यसअघि समिति सभापति भएका प्रभु शाह मन्त्री भएपछि समिति सभापति पद रिक्त थियो । टुहुरे माओवादी कोटाबाट समानुपाति तर्फबाट सांसद भएका हुन् ।