८ मंसिर,कपिलवस्तु । शिवराज नगरपालिका–८ बिसुनपुरमा आज ट्रयाक्टरको ठक्करबाट आठवर्षीय बालकको मृत्यु भएको छ ।

धर्मनगरबाट बिसुनपुर जाँदै गरेको लु ३ त २७४० नंको ट्रयाक्टरले शिवराज नगरपालिका–६ मजिगवाका राजाराम तेलीका छोरा असर्फीलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

असर्फी साइकलको पछाडि बसेका थिए । साइकल चलाउने उनका दाजु सामान्य घाइते भएका छन् । रासस