२८ असोज, बाजुरा ।  बुढीगंगा नगरपालिका–३ स्थित सिँचाइ पोखरीमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय हर्कबहादुर रौले रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको आफन्त सुरेन्द्र रौलेले बताए (रासस)