marriedयस्ता कुमार जो विवाहका बारेमा दोधारे मनस्थितिमा छन् । उनिहरुका लागी यो सु:खद समाचार बन्न सक्छ र विबाह सम्बन्धमा निर्णय लिन सहयोग पुग्न सक्छ । हालै गरिएको एक अन्तरराष्ट्रिय शोधका अनुसार विवाह गर्नाले डिप्रेशन र चिन्ताको खतरालाई निकै हदसम्म कम गर्न सकिन्छ ।

न्यूजील्याण्डको ओटागो युनिभर्सिटीका मनोवैज्ञानिक केट स्काटले विश्वभरका देशहरुबाट ३४४९३ व्यक्तिहरुमा शोध गरे । यस शोधमा विश्व स्वास्थ संगठनव्दारा शोध गरिएको विश्व मानसिक स्वास्थको सर्वेक्षणलाई पनि आधार बनाईएको थियो ।

अध्ययनका मुताबिक बिछोड पारपाचुके या मृत्युको कारण जीवनसाथीको बिछोड हुनु मानसिक स्वास्थमाथि नराम्रो असर पार्छ । एक्लै बस्नु पर्दा महिलाहरु चाहिने भन्दा बढी नकारात्मक सोच्न थाल्छन् भने पुरुष डिप्रेशनको शिकार हुन्छन् ।

स्कटका अनुसार विश्वभरका मानिसहरुमा गरिएको शोधले मानसिक परेशानीले घेरिएपछि मानिसहरुमा न केवल डिप्रेशन र चिन्ताको स्तर बढ्छ बल्कि उस्ले आफ्नो चिजहरुको नियमित गर्नपनि सक्दैन । विवाह गर्नु पुरुष र महिला दुबैका मानसिक स्वास्थका हिसाबले राम्रो हुन्छ । यसभन्दा पहिले गरिएको एक शोधमा केवल विवाह गर्नाले महिलाहरूलाई मात्र स्वास्थका निम्ति राम्रो भनिएको थियो ।

अध्ययनमा यो पनि बताईएको छ कि विवाह गर्नाले पुरुषहरुको अपेक्षा महिलाहरु आफ्नो दिनचर्यालाई व्यवस्थित गर्न निकै सजिलो हुन्छ किन कि बच्चाहरुको स्याहार सुसारको जिम्मा उनिहरुको कांधमा हुन्छ ।