२४ असार, काठमाडौ । बिमा समितिले दार्चुला लगायत देशका बाढीपहिराबाट पीडित जनताको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा करिब रु एक करोड २७ लाख सहयोग गरेको छ ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले आज प्रधानमन्त्री कार्यालयमा सो सहयोग रकम हस्तान्तरण गर्नुभएको समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।

देशका विभिन्न बिमा कम्पनीबाट सङ्कलन गरिएको रकमका साथै विदेशी पुर्नबिमा ब्रोकर दस्तुरबाट २० हजार अमेरिकी डलरसमेत गरी सो रकम राहतका लागि दिइएको निर्देशक कार्कीले उल्लेख गरे ।