९ वैशाख, एजेन्सी।

दक्षिण कोरियाको सिओलमा ३ वटा विश्व रेकर्ड राख्दै ६ वर्षको निर्माण कार्यपछि ५५५ मिटर अग्लो लोटे वर्ल्ड टावर अप्रिलबाट खोलिएको छ।

यो टावर दक्षिण कोरियाको सबैभन्दा अग्लो भवन हो भने विश्वको पाँचौ अग्लो। कोरियाली राजधानीमा यो पछिको अग्लो आइएफसी अफिस टावर यो भन्दा झण्डै ३०० मिटर होचो छ। साथै ४७८ मिटरको उचाइमा सबैभन्दा अग्लो ग्लास बटम अर्ब्जरभेटरी (सिसा घर) पनि यहि भवनमा छ।

साथै लोटे वर्ल्ड टावरमा विश्वकै सबैभन्दा अग्लो र तीव्र गतिको डबल-डेकर इलेभेटर, ‘द स्काई सटल’ छ। यो लिफ्टले यात्रुलाई भुईँतलाबाट १२१ औँ तलामा रहेको अब्जर्भेटरी १ मिनेटमा पुर्याउँछ, अर्थात एक सेकेन्डमा १० मिटरको गतिमा यो लिफ्ट तल-माथी गर्न सक्छ।

यो लिफ्ट अमेरिकन लिफ्ट डिजाइनर ओटिस इलेभेटर कम्पनीले बनाएको हो।

हेर्नुस् तस्विरहरु: