३१ साउन, महोत्तरी । गत शुक्रबारदेखि परेको अविरल वर्षाले स्कूलको पठनपाठनमा समेत असर गरेको छ । बाढीले  जिल्लाको जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिएका छन ।