४ मंसिर, बर्लिन  ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी, नेपाली जनसम्पर्क समिति, जर्मनी र बिधार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनीमा विद्यार्थी, व्यवासायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, जर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको व्यापक सहभागिता रहेको थियो ।

Germany protest against india (3)

एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ साथै युरोप भ्रमणमा रहेका गायक शिव परियार ,मिलन आमत्य, हास्यकलाकार सन्दीप छेत्री साथै त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर करिब दुई घण्टा गरिएको प्रदर्शनमा सयको हाराहारीमा नेपालीहरु भेला भएर भारतविरुद्ध नाराबाजी गरेका थिए। Germany protest against india (2)

उक्त अवसरमा नेपालको आन्तरिक राजनीतिक हस्तछेप बन्द गर, यो आर्थिक नाकाबन्दी मात्र हैन यसले औषधी इन्धन पनि रोकेको छ, नेपालको पारवहन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए।

Germany protest against india (1)