१८ चैत, काठमाडौँ । नेपालमा मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत मानिस उपचार पाउनबाट बञ्चित रहेको एक अध्ययनले देखाएको छ ।

काठमाण्डौँमा अाज सार्बजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मानसिक समस्या भएका २० प्रतिशतले उपचार पाए पनि ८० प्रतिशतले जीवनभर नै उपचार पाउन सकेका छैनन् । कोशिस संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा समाजमा हुने गरेका नकारात्मक व्यवहार र उचित उपचारको अभावमा धेरै व्यक्तिहरुले आत्महत्या गर्दै आएको उल्लेख छ ।

नेपालमा १ प्रतिशत मानिसहरुमा जटिल किसिमको मानसिक समस्या रहेको र करिब ३० देखि ५० लाखसम्म मानिसहरुमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको अनुमान छ । नेपालका भौगोलिक क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम र अध्ययनको आधारमा डिप्रेशन २७.५ देखि ३३.४ र चिन्ताजन्य समस्या २२.९ देखि २७.७ सम्म पाईएको छ ।

विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर÷किशोरीहरुमा भावनात्मक, व्यवहारिक तथा अन्य खालका मानसिक स्वास्थ्य समस्या रहेको आंकलन गरिएकोमा नेपालमा २० लाख बालबालिका तथा किशोर÷किशोरीहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेका अध्ययनले जनाएको छ ।