विवाह गर्नु एकलबाट द्वयेत जीवनमा प्रवेश गर्नु हो। विवाह भएपछि एकले अर्कोको कुरा सुन्नु पर्छ, आपसी कुरा बुझ्नु पर्छ, एकले अर्कोको लागि त्याग गर्नुपर्छ। तर सबै जोडीहरु भनेजस्ता हुदैनन्। विवाहको प्रकृती, पृष्ठभुमी र परिस्थितिले फरक-फरक किसिमका जोडी निर्धारण गर्छ। नेपालमा देखिएका र भोगिएका केही जोडीहरुको चर्चा गरिएको छ।

couple hand
सुविधाभोगी जोडी

यो जोडीको सम्बन्ध पैसा, सुविधा र मंहगा सामानमा अडिएको हुन्छ। सुविधा भइन्जेल, पैसा साथमा भइन्जेल यो जोडीको सम्बन्ध सुरक्षित हुन्छ। बाहिर गएर खाइरहनु पर्ने, बजारमा आएका ग्याजेट किन्नुपर्ने, ब्रान्डेड लुगा लगाउने पर्ने र पार्टी गरिरहनु पर्ने यो जोडीको विशेषता हो। हातमा क्रेडिट कार्ड र ब्याङ्क ब्यालेन्स भइन्जेल यो जोडीको सम्बन्ध टिकिरहन्छ।

फाइदा: यस्ता जोडीले जीवनमा सुख सुविधा मजैसंग उपभोग गर्छन्।
बेफाइदा: आर्थिक कठिनाई उत्पन्न हुँदा सम्बन्ध पनि धरमराउँछ।

नियन्त्रित जोडी

आफै निर्णय लिन नसक्ने, परिवारको नियन्त्रणमा रहेका जोडी नियन्त्रित जोडी हो। आफ्नो कमाइ परिवारलाई दिने, चाहिएको खर्च परिवारबाटै लिने यो जोडीको एउटा विशेषता हो। यो जोडीले आफ्नो जीवनका ठूला निर्णय आफैँ गर्न सक्दैनन्। सम्बन्धमा आफुखुसी चल्दैन।

फाइदा: सन्तान हुर्काउन यस्ता जोडीलाई सजिलो हुन्छ।
बेफाइदा: महत्वपूर्ण निर्णयको लागि परिवारको अनुमति मागिरहनु पर्ने यो जोडीको बाध्यता हुन्छ।

डोमिनेटिङ जोडी

यस्तो जोडीमा कुनै एकको प्रभाव हावी रहने गर्छ। माथी परेकोले तल परेकोलाई नियन्त्रण गर्दछ। के गर्ने, कहाँ जाने, कसरी बस्ने देखि जीवनका हरेक स-साना कुरामा समेत नियन्त्रण रहन्छ। क्रिकेट हेर्ने कि सिरियल हेर्ने, जसको प्रभाव हावी छ उसैको हैकम चल्छ।

फाइदा: हरेक निर्णय दुवैमध्ये कुनै एकले मात्र लिन्छ, अर्कोलाई सोचिरहनु पर्दैन।
बेफाइदा: एक व्यक्ति सधैँ अर्कोको अधिनमा हुन्छ।

समय नभएको जोडी

एकअर्काको मतलब नगर्ने, दुवै आफ्नो करिअरको पछि दौडेका जोडी समय नभएका जोडी हुन। आपसमा कुरा गर्न यस्तो जोडीले बिदाको दिन कुर्नुपर्छ। दुवैले एकल निर्णय गर्छन्। आम्दानी र खर्च व्यक्तिगत हुन्छ। यस्तो जोडीसंग आपसी सम्बन्धको लागि समयको अभाव हुन्छ, साथै आवश्यक पनि ठान्दैनन्।

फाइदा: विवाह पछि पनि विवाह अघि झै स्वतन्त्रता हुन्छ।
बेफाइदा: भावानात्मक सम्बन्ध निकै कमजोर हुन्छ। सम्बन्धमा दुरी आएको थाहा हुँदैन।

नसुहाउने जोडी

फरक पृष्ठभुमी भएका, जुरेर विवाह गरेका, आपसमा सोच, विचार र धरातल नमिल्ने जोडी नसुहाउने जोडी हुन। यस्तो जोडी भवितव्यले संगै भएका हुन्छन्। एकअर्का प्रति त्यति चासो रहदैन। भावानात्मक सम्बन्ध हुँदैन। पारिवारिक वा सामाजिक कारणले छुट्टिन नसक्नु यो जोडीको बाध्यता हो।

यो पनि पढ्नुस्।

प्रेम र यौनका बारेमा तपाईलाई थाहा नभएका ५ कुरा

प्रेम सम्बन्धलाई सुमधुर बनाउने ५ उपाय

यस्ता पुरुषले भेट्छन् सुन्दर प्रेमिका र पत्नि

यस्ता पुरुषले भेट्छन् सुन्दर प्रेमिका र पत्नि

चाहेर पनि संगै हुन नसकेका बलिउडका ८ जोडी