४ चैत, एजेन्सी ।

भारतमा जारी टी-२० विश्वकप अन्तर्गत इङ्गलल्याण्ड विरुद्धको खेलमा बुधबार वेष्ट इण्डिजलाई क्रिश गेलले करिव करिव एक्लै खेल जिताए ।

गेलको नटआउट शतकीय पारीसँगै विभिन्न किर्तिमान समेत बनेका छन् । मुम्बइमा भएको खेलमा क्रिश गेलले ४७ बलमा १०० रन बनाएपछि खेल सकिन ११ बल बाँकी छँदै वेष्टइन्डिज विजयी भएको थियो ।

गेलको धुवाँदार ब्याटिङलाई धेरैले लामो समय सम्म सम्झिने निश्चित छ ।

Chrish Gyale 1

खासमा आफ्नै टिमका खेलाडीले उक्साउँदा गेल चम्किएका थिए । वेष्ट इण्डिजका लेफ्ट आर्म स्पिनर सुलेमान बेनले उक्साउँदा क्रिश गेलले धुवाँदार पारि खेलेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

क्रिजमा जानु अघि सुलेमानले गेललाई सोधेका थिए, “मित्र के तिम्रो ब्याट्ले मलाई मनोरञ्जन दिन सक्छौ?” यो प्रश्नको जवाफ गेलले मैदानबाट दिए ।

इङ्ग्ल्याण्डलाई उडाउने गेलको आँधी, ४४ बलमा ११ छक्का

उनले सुलेमानलाई मात्र होइन आम दर्शक र क्रिकेट प्रेमीलाई पनि मनोरञ्जन दिए ।

मुम्बाइको रंगशालामा गेलको पक्षमा नारा नै लागेको थियो । उनले लगातार छक्का हान्दा दर्शकदीर्घाबाट हुटिङ आइरहन्थ्यो ।

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)

क्रिश गेलको कोठामा मोडलहरु फेला परेपछि…(तस्विर सहित)