२ साउन, काठमाडौं । युएईमा जारी २३ वर्ष मुनीको एएफसी च्याम्पियनसीप छनौटमा नेपाल आज उज्बेकिस्तानसँग भिड्दैछ ।

खेल अल ऐइनमा रहेको ताहनोन बिन मोहमद रंगशालामा नेपाली समय अनुसार बेलुकी ८ बजेर १० मिनेटमा सुरु हुनेछ ।
समूह डि मा रहेको नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली युएइसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

उज्बेकिस्तानले भने पहिलो खेलमा लेबनान विरुद्ध ३–१ को जित निकालेको छ ।  आजको खेलमा राम्रो नतिजा निकाल्न नसके नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

१० समूहका बिजेता र उत्कृष्ट पाँच उपबिजेता अर्को वर्ष चीनमा हुने एएफसी च्याम्पियनसीपका लागि छनौट हुनेछन् ।

नेपालले अन्तिम खेलमा पर्सि बुधबार लेबनानसँग प्रतिष्पर्धा गर्नेछ ।