विवाह मानव जीवनको महत्वपूर्ण संस्कार मध्ये एक हो । सुखी विवाह जीवनमा सबैले चाहन्छन् । तर जीवन साथी राम्रो भए मात्र विवाह राम्रो हुन्छ । विवाहका लागि यस्तो पार्टनर छान्नु पर्छ जसले घर र परिवारमा प्रेम बाँड्न सकोस् ।

विष्णु पुराणमा स्त्रीहरुको विषयमा थुप्रै कुरा गरिएको छ । यो पुराणमा विवाहका लागि ४ प्रकारका युवती अयोग्य हुने समेत उल्लेख छ । कस्ता युवती हुन् त विवाह गर्न  नहुने ?

१ खराव बोली भएकी/ कटु बचन बोल्ने

भनिन्छ मिठो बोलीमा सरस्वतीको बास हुन्छ । सरस्वतीलाई बाणीकी देवी समेत भनिन्छ । मिठो बोली बोल्ने स्त्रीसँग सरस्वती सँधै प्रसन्न हुने पुराणमा उल्लेख छ । कटु वचन बोल्ने स्त्रीको स्वभाव पनि बोली जस्तै हुन्छ । यस्ता स्त्रीले घरको शान्ति खल्बल्याउँछन् भन्ने पुराणमा उल्लेख छ । विवाह गर्दा कटु बचन बोल्ने युवतीबाट टाढै रहेको राम्रो ।

girls with cell phone

२ आमा वा बाबुको कोही नाता पर्ने

नाता पर्ने युवतीसँग विवाह गर्नु हुँदैन । सहगोत्रीसँग पनि विवाह गर्नु हुँदैन । विष्णु पुराणमा माता वा पिता कसैको पनि नाता पर्ने युवतीसँग विवाह गर्दा विभिन्न अनिष्ठ हुने उल्लेख छ । बैज्ञानिकहरुले समेत नजिकको सम्बन्धमा विवाह घातक हुने बताएका छन् । शास्त्रमा कम्तिमा सात पुस्ता भन्दा टाढा पुगेपछी मात्र विवाह गर्नु राम्रो मानिएको छ ।

girls watched by boy 1

३ पुर पुरुष/ दुष्ट पुरुषसँग सम्बन्ध भएकी स्त्री

विवाह अघि नै पुरुषसँग सम्बन्ध भएकी र दुष्ट पुरुषको संगत गर्ने स्त्रीलाई पनि विष्णु पुराणले विवाहका लागि अनुपयुक्त भनेको छ । यस्ता युवतीलाई विवाह गर्दा जीवनमा संकट आइलाग्न सक्छ । सके सम्म दुष्ट पुरुषसँग नजिक भएकी स्त्रीसँग विवाह नगर्नुस् ।

girl wants to to be near to boy 1

४ अल्छी/ ढिलो सम्म सुत्ने

अल्छी हुनु स्त्रीका लागि असोभनीय भन्छ विष्णु पुराण । यो पुराणका अनुसार अल्छी र विवाह ढिलो सम्म सुत्ने स्त्री आलसको प्रतिक हुन् । आलसी स्त्रीले घरुमा कुनै पनि काम राम्रोसँग गर्न सक्दिन । फोहोर घरमा लक्ष्मीको बास हुँदैन । ढिलो सम्म सुत्ने मानिस स्वस्थ समेत हुँदैनन् । त्यसकारण अल्छी युवतीलाई पनि विवाह गर्नु हुँदैन ।

यो पनि हेर्नुस्

सुन्दर स्त्रीसँग नजिक हुन चाहनु हुन्छ ? यी ५ कुरा नभुल्नुस्

विवाहित पुरुषले अन्य स्त्रीसँग सम्बन्ध किन राख्छन् ?

स्त्रीलाई यी ३ कुरा भुलेर पनि नभन्नुस्

सम्बन्ध राख्नै नहुने ५ स्त्री