सुन्दर अनुहार, मिलेको अनुहार र स्मार्ट । साँच्चै भन्नु पर्दा सपनाकी राजकुमारी जस्ती । यदि यस्तै कुनै स्त्री भेट्नु भो भने यसै जान दिनुहुन्छ ? पक्कै दिनु हुन्न होला । पक्कै पनि तपाइँ उनलाई आकर्षित गर्ने कोशिस गर्नु हुन्छ होला ।

तर जति गर्दा पनि उनलाई आकर्षित गर्न नसकेमा चाँहि पक्कै रिस उठ्छ होला । यहाँ कुनै पनि सुन्दर स्त्रीसँग नजिक हुनका लागि चाहिने ५ कुराको चर्चा गरिएको छ ।

१ आँखामा आँखा राखेर कुरा गर्नुस्
हुन त यो कुरा सँधै सुन्नु भएको छ होला । आँखामा आँखा राखेर कुरा गर्नुको प्रभाव निक्कै फरक हुन्छ । यदि तपाइँलाई कस्तो कस्तो लागेको छ भने यता उता आँखा दौडिन्छन् । यसो नगर्नुस् । आँखामा आँखा राखेर कुरा गर्नुस् यसको प्रभाव नाटकीय हुन्छ । तर यसको अर्थ एककोहोरो अनुहारमा घुर्ने भनेको चाँहि होइन ।


boys and girls 2
२  हाँसी मजाक गर्नुस्
हाँसो गर्न जान्ने केटाहरु अधिकाँश केटीलाई मन पर्छ । यसको अर्थ जथाभावी हाँस्ने भनेको होइन । तर समय समयमा विभिन्न तरिकाले हाँसोको विषय निकाल्नु केटामा चाहिने अनिवार्य कला हो ।

३ बडी ल्याङ्ग्वेज

कुनै पनि स्त्रीलाई आफूप्रति आकर्षित गर्नमा मुख्य भूमिका तपाइँको हाउभाउ र भाव भङ्गिमा ले खेल्छ । तपाइँले आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ भन्ने कुराले तपाइँको ब्यक्तित्वप्रति स्त्रीको प्रभाव पर्छ । आत्मविश्वासी र हँसिलो मुद्रामा गरेको कुराकानीको प्रभाव नै फरक हुन्छ ।

boys and girls 1

४ भन्नुस् र सुन्नुस् पनि

कतिपय ब्यक्ति कुनै कुरा भन्नुछ भने एककोहोरो भन्ने र कुरा थपेको थप्यै गर्ने स्वभावका हुन्छन् । तर त्यस्तो गर्दा नकारात्मक प्रभाव पर्छ । आफ्ना कुरा राखेपछि उनले के भन्छिन् भनेर सँधै विचार गर्नुस् । सके सम्म दिल खोलेर कुरा गर्ने वातावरण बनाउनुस् ।

boys and girls

५ मौनता पनि जरुरी
कुनै पनि कुरा गरिसकेपछि केही समय मौन रहनुस् । प्रतिक्रिया सुन्नुस् । सके सम्म हाँसी मजाकका साथमा कुरा शेयर गर्नुस् ।

यो पनि हेर्नुस्

यी ५ महिलासँग भुलेर पनि संगत नगर्नुस् 

यस्ता केटा भनेपछि मरिहत्ते गर्छन् स्त्रीहरु 

केटीहरुलाई मन नै नपर्ने ५ प्रकारका पुरुष