४ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिभाजित सबै माओवादीलाई एकताबद्ध गर्न आफ्नो पार्टी लागि परेको बताएका छन् । उनले बिभाजित सबै माओवादी र सबै परिवर्तनकारी शक्तिलाई एकताबद्ध गर्ने माओवादी केन्द्रको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

नयाँ शक्ति परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेतालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुराम, बैद्य र बिप्लवलाई घर फर्किन आह्वान गरे ।

प्रचण्डले उनीहरु नफकिए सिद्धिने चेतावनी समेत दिनुभयो । उनले भने, ’बाबुराम ढिलोचाँडो माओवादीमा आउनैपर्छ । वैद्य, विप्लव पनि एकतामा आउनै पर्छ, आएनन भने उहाँहरुको केही पनि रहँदैन ।’