तपाई दिनमा कति पटक कपडा परिवर्तन गर्नुहुन्छ? फेसबुकका संस्थापक मार्क जुकरबर्ग मात्र एक्लो अर्बपति होइनन्, विश्वमा कयौं सफल व्यक्तित्व छन् जसलाई कार्यक्रमहरुमा सधैजसो उही उस्तै कपडामा देखिने गर्छ।mark zuckerberg 5578378

एप्पलका सिइयो रहेका स्टिभ जब्स् सधैँ कालो नेक शर्ट र निलो जिन्समा देखिन्थे। मार्क जुकरबर्ग खैरो टी-सर्ट र निलो जिन्समा, सेग्वेका संस्थापक डिन कमेन डेनिम सर्ट र जिन्समा नै देखिने गर्छन्।

स्टिभ जब्स्

स्टिभ जब्स्

दैनिक एकजस्तै देखिने कपडा लगाउनुको पछाडी केही कारण छन् र सफल तथा अर्बपतिको लागि यी कारण निकै महत्व राख्छन्।

१. सजिलो अनि समयको बचत

लुगा उस्तै लगाउने हुँदा कपडा किन्ने अनि छान्ने क्रममा समय लाग्दैन। मार्क भन्छन्, दैनिक के लगाउने यसले निकै समय बर्बाद पार्छ, बरु यसको सट्टा सोही समय यूजफुल चीजमा लगाउन सकिन्छ।Christopher Nolan 8298638

मार्कको यस्तै सोच चर्चित फिल्म निर्देशक क्रिस्टोफर नोलानसंग पनि मिल्छ। न्युयोर्क टाइम्स म्यागजिन भन्छ, ‘वर्षौ पहिले नोलानले यो डिसाइड गरेका थिए कि हरेक दिन लगाउनको लागि कपडा खोज्दा निकै शक्ति बर्बाद भयो।’, नोलान पनि एकैखाले कपडा लगाउने गर्छन्।

२. निर्णयलाई लिएर शक्ति बचत

अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्छन, ‘मलाई के खानु छ वा लगाउनु छ यो सारा चिजमा म समय बर्बाद गर्दिन, किनकी मलाई अन्य कयौं महत्वपूर्ण निर्णय लिनुपर्नेछ।’

जसलाई सफल हुनुछ, समयको बर्बादी सबैभन्दा ठूलो शत्रु हो। जो कपडा छान्दै आफ्नो महत्वपूर्ण शक्ति खर्च गर्छ उसले जीवनमा थप के गर्ला?

३. आत्मविश्वास बढ्छ, ध्यान बढ्छ

मनौवैज्ञानिक भन्छन् दैनिक एकैखाले कपडा लगाउँदा फोकस बढ्छ साथै कन्फिडेन्स डेभलप हुन्छ।

यस्तो यसकारण हुन्छ कि सधै एकैखाले कपडा लगाउदा तपाइले आफु कस्तो देखिएको छु भन्ने ख्याल गरेको हुनुहुन्छ, साथै सुरुदेखि नै आफुलाई फिट हुने कपडा लगाउने भएको हुँदा आत्मविश्वास बढ्छ। जसको आत्मविश्वास बढ्छ, उसले काममा राम्रो ध्यान पुर्याउन सक्छ।

यो पनि पढ्नुस।

वास्तु शास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ

यी हुन् संसारका सबैभन्दा धनी १० क्रिकेटर

स्कुलमा ३ पटक फेल भएका ज्याकः अहिले छन् एसियाकै धनी (प्रेरक कहानी)