३ जेठ, काठमाडौं । चितवनको बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । भरतपुर महानगरमा प्रधानमन्त्री पुत्री रेणु दाहाल उठेको कारण पनि चर्चा भएको हो भने दाहाललाई कांग्रेसको पनि समर्थन रहेको छ । तर पनि दाहाल एमालेका देवी ज्ञवालीसँग ठूलो मत अन्तरले पछि परेकी छन ।

पछिल्लो नतिजा अनुसार एमालेका प्रमुख पदका उम्मेद्बार देवी ज्ञवालीले २ हजार ५ सय २ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दि रेणु दाहालले १ हजार ६ सय ५९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राप्रपाका बद्री तिमल्सिनाले १ सय ६८ मत प्राप्त गरेका छन ।